Dhulikhel Eco Banner new

कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस शेयर दिने

299
shares

काठमाडौं, २२ असोज । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १८ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ । कम्पनीले बोनस शेयर वितरण गरेपछि चुक्ता पूँजी बढ्नेछ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी साधारणसभामा प्रस्ताव लैजानेछ ।