सामान्य अकंले बढ्यो शेयर बजार, कारोबार रकम पनि सामान्य बढ्यो
वि.सं.२०८३ असोज २२ बिहीवार १५:०७
shares

काठमाडौं, २२ असोज । बिहिबार शेयर बजार सामान्य अकंले बढेको छ। शेयर बजार २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १४० कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्। यसदिन ३ अर्ब ९३ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
सामान्य अंकले बढेको शेयर बजारमा कुठेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५.०० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि आरबीबी म्युचुअल फन्ड २ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.०७ प्रतिशतका दरले गुमाएका छन् ।

















