भिजन लुम्बिनी ऊर्जाले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने
वि.सं.२०८३ कात्तिक ९ सोमवार १०:५६
shares

काठमाडौं, ०९ कार्तिक। भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गराउन आठौँ वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीले आगामी मंसिर ३ गते बिहीबार रुपन्देहीको बुटवलस्थित दियालो फुडल्याण्ड, कालिकानगरमा साधारण सभा आयोजना गर्ने भएको हो। बिहान ९ बजे सुरु हुने सभामा प्रस्तावित लाभांशसहित वार्षिक वित्तीय विवरण र लेखापरीक्षक नियुक्तिसम्बन्धी विषयमा छलफल गरी निर्णय गरिनेछ।
कम्पनीको सञ्चालक समितिले हाल कायम चुक्ता पुँजीको ३.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा कर प्रयोजनका लागि छुट्याइएको रकमसमेत समावेश छ। उक्त प्रस्ताव साधारण सभाबाट अनुमोदन भएपछि मात्रै लाभांश वितरणको प्रक्रिया अघि बढ्नेछ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ रहेको छ। यस आधारमा प्रस्तावित नगद लाभांशको कुल रकम करिब ७ करोड ४ लाख ६० हजार रुपैयाँभन्दा बढी हुन्छ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण गरिएको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि पेस हुनेछ। यस्तै, आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने विषयमा समेत निर्णय गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक १६ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ। प्रकाशित विवरणअनुसार कात्तिक १३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका योग्य सेयरधनीले सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।




















