Dhulikhel Eco Banner new

आजको मौसम : कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

325
shares

काठमाडौं, १० कार्तिक। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति देशभर आंशिक बादल लाग्नेछ ।