Dhulikhel Eco Banner new

सुनचाँदीको मूल्यमा आज के छ अवस्था?

546
shares

काठमाडौं, १० कार्तिक। नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८ सय रुपैयाँले बढ्दा चाँदी २५ रुपैयाँले सस्तिएको हो।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य मंगलबार प्रतितोला २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार चाँदी प्रतितोला ३ हजार ९९५ रुपैयाँमा किनबेच भएको थियो।

मंगलबारको मूल्यअनुसार सुनको भाउ उकालो लाग्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ।