Dhulikhel Eco Banner new

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा १६ प्रतिशत नगद लाभांश घोषणा

377
shares

काठमाडौं, १० कार्तिक। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई १६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ ।

कात्तिक ९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकका अनुसार प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाको अनुमोदनपछि सेयरधनीलाई वितरण गरिनेछ।