Dhulikhel Eco Banner new

पोखरामा कात्तिक १४ गते ‘पल्सर आरपीएम’, स्टन्टदेखि स्ट्रीट कल्चरसम्मको रोमाञ्चक अनुभव

806
shares

काठमाडौं,१२ कार्तिक। युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एउटै मञ्चमा प्रस्तुत गर्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ।

पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीतलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि समावेश हुनेछन्। कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।

काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न भइसकेको पल्सर आरपीएमको यो संस्करण पोखरामा आयोजना हुन लागेको हो। यसले सहरका युवा, खेलप्रेमी तथा सिर्जनशील समुदायलाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ। बुटवलमा करिब २ हजार ५०० जनाको सहभागिता रहेको कार्यक्रममा पोखरामा पनि उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा पल्सर एन१६० मार्फत रोमाञ्चक मोटरसाइकल स्टन्ट प्रदर्शन गरिनेछ। त्यस्तै, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, गेम अफ स्केट र क्यालिस्थेनिक्सका गतिविधिले कार्यक्रमलाई थप आकर्षक बनाउनेछन्। स्थानीय डिजे तथा ग्राफिटी कलाकारले पनि आफ्नो कला प्रस्तुत गर्नेछन्।

यसका साथै पल्सर एन१६० र एनएस२०० मोटरसाइकलको प्रदर्शनी तथा परीक्षण राइडको व्यवस्था गर्ने योजना रहेको छ। सहभागीले पप-अप स्टोर, खाना, कफी तथा अन्य मनोरञ्जनात्मक गतिविधिको अनुभव लिन सक्नेछन्।

पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभालाई आफ्नो सीप, कला र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने मञ्चका रूपमा समेत अघि बढाइएको छ। विभिन्न खेल, कला र संगीतमा सक्रिय युवालाई एकै ठाउँमा जोड्दै पोखराको युवा संस्कृति र स्थानीय प्रतिभालाई थप पहिचान दिलाउनु कार्यक्रमको उद्देश्य रहेको छ।

कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ भने मुख्य आरपीएम गतिविधि दिउँसो २स्३० बजेदेखि सञ्चालन हुनेछ। निःशुल्क प्रवेशको व्यवस्था रहेको कार्यक्रममा पोखरा तथा आसपासका क्षेत्रका युवालाई सहभागी हुन आमन्त्रण गरिएको छ।