Dhulikhel Eco Banner new

काठमाडौं उपत्यकामा २४ घण्टामा ३८७ सवारीसाधनमाथि कारबाही

806
shares

काठमाडौं, १६ कात्तिक।काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३८७ सवारीसाधनमाथि कारबाही गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार बिहान ६ बजेसम्मको अवधिमा उक्त संख्यामा सवारीसाधनमाथि कारबाही गरिएको हो।

कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६५, सीसीटीभीबाट पहिचान भएका ४१, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १७ र तीव्र गतिमा सवारी चलाउने १० जना चालक परेका छन्।

त्यस्तै, हर्न बजाउने दुई, सवारीको अवस्था ठीक नभएका पाँच र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने दुई सवारीसाधनमाथि कारबाही गरिएको छ। अन्य कसुरमा २४५ सवारीसाधन कारबाहीमा परेका छन्।