Dhulikhel Eco Banner new

एसईई र बीएलई परीक्षाको तयारीका लागि ‘अभ्यास’को अनलाइन कक्षा

416
shares

काठमाडौं, १६ कात्तिक। माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा आधारभूत तह उत्तीर्ण परीक्षा (बीएलई) नजिकिँदै गर्दा नेपाली डिजिटल लर्निङ प्लेटफर्म ‘अभ्यास’ले विद्यार्थीका लागि अनलाइन तयारी कक्षा सञ्चालनमा ल्याएको छ ।

सार्वजनिक विद्यालयका शिक्षकहरूसँगको सहकार्यमा सञ्चालन भइरहेको उक्त कार्यक्रमले विद्यार्थीलाई परीक्षाको प्रभावकारी तयारी गर्न सहयोग पुर्‍याउने लक्ष्य राखेको छ ।

गणित विषयका शिक्षक किरण धिताल र अविनाश कार्कीले विद्यार्थीलाई विषयवस्तुको अवधारणा स्पष्ट बुझ्न र नियमित अभ्यासमा जोड दिन सुझाव दिएका छन् । उनीहरूका अनुसार परीक्षामा राम्रो नतिजा हासिल गर्न घोक्नेभन्दा विषयवस्तु बुझेर निरन्तर अभ्यास गर्नु महत्त्वपूर्ण हुन्छ ।

‘अभ्यास’ प्लेटफर्ममा विद्यालयको पाठ्यक्रममा आधारित भिडियो पाठ, क्विज तथा अन्तरक्रियात्मक सिकाइ सामग्री उपलब्ध छन् । यसमार्फत गणित, विज्ञान, अंग्रेजी, नेपाली, सामाजिक अध्ययन तथा कम्प्युटर विषयको अध्ययन गर्न सकिनेछ ।

विद्यार्थीले मोबाइल फोनमार्फत पनि प्लेटफर्ममा उपलब्ध शैक्षिक सामग्री प्रयोग गर्न सक्नेछन् । आफ्नो अनुकूल समयमा र आफ्नै गतिमा अध्ययन गर्न मिल्ने भएकाले यसले विद्यार्थीलाई घरमै बसेर परीक्षाको तयारी गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

अनलाइन कक्षा तथा अध्ययन सामग्रीबारे थप जानकारीका लागि विद्यार्थीले अभ्यासको वेबसाइट abhyasedu.com.np मा जान सक्नेछन् ।