Dhulikhel Eco Banner new

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

520
shares

काठमाडौं, १६ कात्तिक। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यस निर्णयसँगै संस्थाका शेयरधनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट लाभांश प्राप्त गर्ने छैनन्।

त्यसैगरी, संस्थाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पठाउने निर्णय गरेको छ।

केन्द्रीय बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि त्यसलाई अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेस गरिने संस्थाले जनाएको छ।