Dhulikhel Eco Banner new

गार्डियन माइक्रो लाइफको विशेष साधारणसभा मंसिर ३ मा, पाँच सञ्चालक चयन हुँदै

494
shares

काठमाडौं, १६ कात्तिक। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पाँच जना सञ्चालक चयन गर्ने उद्देश्यसहित विशेष साधारणसभा बोलाएको छ।

कम्पनी सञ्चालक समितिको निर्णयअनुसार आगामी मंसिर ३ गते विशेष साधारणसभा आयोजना हुन लागेको हो। विराटनगरस्थित होटल एयरपोर्टमा दिउँसो १ बजेदेखि सभा सञ्चालन हुनेछ।

विशेष साधारणसभाले संस्थापक शेयरधनी समूहबाट चार जना र सर्वसाधारण शेयरधनी समूहबाट एक जना गरी पाँच जना सञ्चालक निर्वाचित गर्ने मुख्य अजेन्डा तय गरेको छ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार कात्तिक २७ गतेभन्दा अघिसम्म कम्पनीको शेयरधनी कायम रहेका लगानीकर्ताले मात्रै विशेष साधारणसभामा सहभागी हुन पाउनेछन्।