GBIME

राप्ती हाइड्रोको आईपीओमा दुई दिनमै ५८ करोड ५६ लाख आवेदन

906
shares

काठमाडौं, ३० असार । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा ५८ करोड ५६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

उक्त कम्पनीले बुधबारबाट २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्कासन बिक्री खुला गरेको हो । कम्पनीले यसअघि स्थानीय बासिन्दालाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता शेयर पनि थप गरेर आइपीओ बिक्रीमा ल्याएको हो ।

रेटिङ एजेन्सी कियर नेपालले राप्ती हाइड्रोको आइपीओलाई ‘कियरएनपी इस्यूअर रेटिङ बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।