Dhulikhel Eco Banner new

नेप्से परिसुचकमा सुधार, २ दुई अर्बको कारोबार

5.03K
shares

काठमाडौं, ३० असार । साताको पाचौं कारोबारको दिन नेप्से परिसुचक १४ दशमलव ७१ अंकले बढेको छ । बिहिबार नेप्से परिसुचक शुन्य दशमलव ७४ प्रतिशतले बढेर २००१ दशमलव ५३ बिन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसँगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ७७ अंकले बढेको छ ।

दिनभर भएका ३९ हजार १ सय ६८ कारोबारबाट २२० कम्पनीका ६२ लाख १० हजार ९ सय ८ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५ सय ९९ पुगेको छ ।