Dhulikhel Eco Banner new

सम्पदा लघुवित्तको सञ्चालक समितिमा मोहनलाल डाँगी र सरस्वती शाह नियुक्त

2.35K
shares

काठमाडौं, १ मंसिर । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त सञ्चालक समितिमा दुई जना नयाँ सञ्चालक नियुक्त गरेको छ।

लघुवित्तको ५१औँ सञ्चालक समिति बैठकको निर्णयअनुसार सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा मोहनलाल डाँगी नियुक्त भएका छन्।

त्यसैगरी, संस्थाले स्वतन्त्र सञ्चालक पदमा सरस्वती शाहलाई नियुक्त गरेको छ।
संस्थाका अनुसार सर्वसाधारण शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने यसअघिका सञ्चालक विनोद तामाङले २०८३ साल असार २ गते राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। सोही रिक्त पदमा डाँगीलाई नियुक्त गरिएको हो।