Dhulikhel Eco Banner new

बुटवलमा  सर्वाधिक आयकर बुझाउने सिद्धार्थ केबलकार सम्मानित

273
shares
बुटवल — आन्तरिक राजस्व कार्यालय बुटवलले रूपन्देहीस्थित सिद्धार्थ केबलकार लिमिटेडलाई सम्मान गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार कार्यालयको कार्यक्षेत्रभित्र दोस्रो धेरै आयकर तिर्ने संस्था बनेपछि कम्पनीलाई सम्मानपत्र दिइएको हो।
राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंसिर १ गते आयोजित समारोहमा कम्पनीलाई उक्त कदर प्रदान गरिएको हो। सम्मानपत्रमा आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल र प्रमुख कर अधिकृत हरि बस्यालको हस्ताक्षर छ।
कर न्याय र सुशासनमार्फत मुलुकको विकासमा पुऱ्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको कार्यालयले उल्लेख गरेको छ। साथै, कम्पनीको यो भूमिका अन्य करदाताका लागि समेत प्रेरणादायी बन्ने विश्वास कार्यालयले व्यक्त गरेको छ।