Dhulikhel Eco Banner new

सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये सिद्धार्थ केबलकार दोस्रो

1.63K
shares

काठमाडौं, २ मंसिर । आन्तरिक राजस्व कार्यालय बुटवलले सिद्धार्थ केबलकार लिमिटेडलाई सम्मान गरेको छ। आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा कार्यालयको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये दोस्रो स्थान हासिल गरेको भन्दै कम्पनीलाई सम्मान गरिएको हो।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंसिर १ गते कम्पनीलाई सम्मानपत्र प्रदान गरिएको हो।
सम्मानपत्रमा सिद्धार्थ केबलकार लिमिटेडले राष्ट्रिय विकासमा योगदान पुर्‍याउनुका साथै कर दाखिलामार्फत राजस्व संकलनमा योगदान गरेको उल्लेख छ।
रुपन्देहीको बुटवलमा रहेको सिद्धार्थ केबलकार लिमिटेडले स्थायी लेखा नम्बर (PAN) ३०५७५४७१६ मार्फत कर दाखिला गर्दै आएको छ।
आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत हरि बरखाल, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले हस्ताक्षर गरेको सम्मानपत्र कम्पनीलाई प्रदान गरिएको हो।
सम्मानपत्रमा कम्पनीलाई आगामी दिनमा पनि कर दाखिला तथा राजस्व योगदानलाई निरन्तरता दिन आग्रह गरिएको छ।