भोटेकोशी बाढी प्रभावितका लागि राहत कोषमा १८ अर्ब ४७ करोड रुपैयाँ मौज्दात
वि.सं.२०८३ मंसिर २ बुधवार १४:४०
shares

काठमाडौं, २ मंसिर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग संकलन भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी छ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार आज बिहान ९ बजेसम्म दुवै कोषका विभिन्न खातामा गरी कुल १८ अर्ब ४७ करोड ८ लाख ७२ हजार ३९५ रुपैयाँ मौज्दात रहेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा रहेका खातामा १३ अर्ब ७३ करोड ६ लाख ७७ हजार ४३० रुपैयाँ मौज्दात रहेको कार्यालयले जनाएको छ।
त्यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा ३ करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर मौज्दात रहेको विवरणमा उल्लेख छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा कोषका बैंक खातामा रहेको मौज्दात रकम उल्लेख गरिएको छ।

















