Dhulikhel Eco Banner new

शिक्षासँगै सामाजिक उत्तरदायित्वमा चैतन्य एकेडेमी : बाढी प्रभावित ७०० युवालाई निःशुल्क प्रतिस्पर्धात्मक तयारी कक्षा

962
shares

काठमाडौं, ९ मंसिर । विपद्ले भौतिक संरचना मात्र भत्काउँदैन, हजारौँ मानिसका सपना, सम्भावना र भविष्यका योजनासमेत प्रभावित बनाउँछ । अझ विपद्को प्रत्यक्ष मारमा परेका युवाहरूका लागि शिक्षा, रोजगारी र अवसरसम्मको पहुँच सुनिश्चित गर्नु पुनःस्थापनाको महत्त्वपूर्ण आधार हो ।

यही यथार्थलाई आत्मसात् गर्दै चैतन्य एकेडेमीले बाढी प्रभावित क्षेत्रका ७०० युवालाई लक्षित गरी निःशुल्क प्रतिस्पर्धात्मक परीक्षा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

‘विपद् प्रभावित युवाका लागि अवसर र भविष्य निर्माण’ भन्ने उद्देश्यसहित अगाडि सारिएको यस अभियानको मूल सन्देश छ, ‘विपद्ले रोक्न सक्दैन, सपनाले हार मान्दैन १’ रहेको छ ।

यस अभियानअन्तर्गत २०८३ भदौ १० गतेको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका युवाहरूलाई लोकसेवा आयोग, शिक्षक सेवा आयोग, सुरक्षा निकाय तथा बैंकिङ क्षेत्रका प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने अवसर प्रदान गरिनेछ ।

आगामी मङ्सिर २० गतेदेखि बिहान र साँझको समयमा सञ्चालन हुने कक्षामार्फत प्रभावित युवाको क्षमता अभिवृद्धि, आत्मविश्वास विकास र भविष्य निर्माणमा सहयोग पुर्‍याउने एकेडेमीको लक्ष्य छ ।

चैतन्य एकेडेमीका अनुसार यस अभियानमा खरिदार, नायब सुब्बा, शाखा अधिकृत, शिक्षक सेवा आयोगको आधारभूत तह, सुरक्षा निकायको सहायक निरीक्षक ९असई० तथा बैंकिङ सहायक तहका परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरिनेछ ।

१३ वर्षदेखि दक्ष जनशक्ति निर्माण र राष्ट्रसेवाको अभियान

काठमाडौंको शंखमूलमा स्थापना भएको चैतन्य एकेडेमीले विगत १३ वर्षदेखि लोकसेवा आयोग तथा विभिन्न प्रतिस्पर्धात्मक परीक्षाका लागि गुणस्तरीय तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।

सरकारी सेवामा प्रवेश गर्न चाहने युवालाई सही मार्गनिर्देशन, विषयगत ज्ञान, प्रतिस्पर्धात्मक क्षमता र आत्मविश्वास प्रदान गर्ने उद्देश्यले स्थापित एकेडेमीबाट अध्ययन गरेका हजारौँ युवा विभिन्न सरकारी सेवा तथा सार्वजनिक संस्थानमा सिफारिस भइसकेका छन् ।

चैतन्य ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश जोशीका अनुसार सरकारी सेवामा प्रवेश गर्न चाहने युवामा प्रतिभा र सम्भावना हुँदाहुँदै पनि उचित मार्गनिर्देशन, गुणस्तरीय शैक्षिक सामग्री र अवसरको अभावमा उनीहरू पछि परिरहेका हुन्छन् । त्यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले चैतन्य एकेडेमी स्थापना गरिएको हो ।

जोशी भन्छन्, ‘हाम्रो उद्देश्य केवल विद्यार्थीलाई परीक्षामा सफल बनाउनु होइन, देशको दक्ष जनशक्तिलाई स्वदेशमै अवसर सिर्जना गर्दै राष्ट्रसेवामा जोड्नु हो । सही मार्गनिर्देशन, निरन्तर अभ्यास र गुणस्तरीय प्रशिक्षण प्राप्त गर्ने अवसर पाएमा देशका जुनसुकै भूगोलमा रहेका प्रतिभाशाली युवाले पनि सफलता हासिल गर्न सक्छन् भन्ने हाम्रो विश्वास हो ।’

उनका अनुसार लोकसेवा आयोग, शिक्षक सेवा आयोग, बैंकिङ क्षेत्र, नर्सिङ सेवा तथा सुरक्षा निकायलगायत विभिन्न क्षेत्रमा चैतन्यबाट अध्ययन गरेका युवाहरू सफल हुँदै आएका छन् । यसले संस्थालाई थप जिम्मेवार र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध बनाएको उनको भनाइ छ ।

शिक्षा केवल व्यवसाय होइन, सामाजिक रूपान्तरणको माध्यम पनि हो

चैतन्य एकेडेमीले आफ्नो शैक्षिक सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि संस्थागत संस्कृतिका रूपमा विकास गर्दै आएको छ । आर्थिक तथा सामाजिक अवस्थाका कारण गुणस्तरीय शिक्षाबाट वञ्चित हुन सक्ने विद्यार्थीलाई छात्रवृत्ति तथा निःशुल्क अध्ययनको अवसर प्रदान गर्दै आएको एकेडेमीले कोरोना महामारीपछि निःशुल्क शनिबारीय शृङ्खलालाई निरन्तरता दिँदै आएको छ ।

हालसम्म ३१७ वटा शनिबारीय निःशुल्क शृङ्खला सञ्चालन गरिसकेको चैतन्यले देशभरका हजारौँ परीक्षार्थीलाई विज्ञ प्रशिक्षकमार्फत निःशुल्क प्रशिक्षण प्रदान गरेको छ ।

यस अभियानबारे जोशी भन्छन्, ‘शिक्षा नाफा आर्जन गर्ने क्षेत्र मात्र होइन, समाजको क्षमता र चेतना निर्माण गर्ने माध्यम पनि हो। दक्ष जनशक्ति उत्पादन गर्नु राज्य, शैक्षिक संस्था र समाज सबैको साझा जिम्मेवारी हो । यही सामाजिक उत्तरदायित्वबोधका साथ हामीले शनिबारीय निःशुल्क शृङ्खला सञ्चालन गर्दै आएका छौँ। देशका कुना–कन्दरामा रहेका विद्यार्थीले समेत घरमै बसेर विज्ञहरूबाट ज्ञान र मार्गनिर्देशन प्राप्त गर्न सक्नु हाम्रो लागि ठूलो सन्तुष्टिको विषय हो।’

चैतन्यको सामाजिक प्रतिबद्धता निःशुल्क प्रशिक्षणमा मात्र सीमित छैन। लोकसेवा आयोग तथा अन्य प्रतिस्पर्धात्मक परीक्षामा सफल भएका उम्मेदवारको सम्मानमा एकेडेमीले नियमित रूपमा बधाई तथा शुभकामना समारोह आयोजना गर्दै आएको छ।

यस्ता समारोहमा लोकसेवा आयोगका पूर्वअध्यक्ष, पूर्वसचिव, वर्तमान तथा पूर्वउच्च प्रशासक र विषयविज्ञहरूलाई सहभागी गराई नवप्रवेशी राष्ट्रसेवकलाई सम्मान गर्ने तथा उनीहरूबीच अनुभव आदानप्रदान गराउने अभ्यास गरिएको छ। जोशीका अनुसार यस्ता कार्यक्रमले सफल उम्मेदवारको आत्मसम्मान र मनोबल अभिवृद्धि गर्नुका साथै भावी राष्ट्रसेवकमा सार्वजनिक सेवाप्रतिको जिम्मेवारी, नैतिकता, सदाचार र सेवाभाव विकास गर्न सहयोग पुर्याउँछन्।

काठमाडौंमा मात्र सीमित छैन चैतन्यको शैक्षिक अभियान

गुणस्तरीय प्रतिस्पर्धात्मक तयारीलाई काठमाडौं केन्द्रित हुन नदिन चैतन्यले बुटवल र धनगढीमा समेत आफ्ना शाखा विस्तार गरिसकेको छ। देशका विभिन्न भूगोलमा रहेका युवाले आफ्नै घरदैलोमा गुणस्तरीय प्रशिक्षण प्राप्त गर्न सकून् भन्ने उद्देश्यले क्षेत्रीयस्तरमा सेवा विस्तार गरिएको जोशी बताउँछन्।

उनका अनुसार प्रतिभा र क्षमता भूगोलले निर्धारण गर्दैन। तर अवसरको असमान वितरणले धेरै सम्भावनायुक्त युवालाई प्रतिस्पर्धाबाट बाहिर राख्न सक्छ। त्यसैले गुणस्तरीय शिक्षा र प्रशिक्षणको पहुँच देशका सबै क्षेत्रसम्म पुर्याउनु आवश्यक छ।

विपद् प्रभावित युवाको पुनरुत्थानमा निजी क्षेत्रको रचनात्मक पहल

बाढी प्रभावित युवाका लागि सञ्चालन गर्न लागिएको निःशुल्क प्रतिस्पर्धात्मक तयारी कक्षालाई चैतन्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको एउटा महत्त्वपूर्ण अभियानका रूपमा लिएको छ।

लामो समयदेखि विपद् प्रभावित क्षेत्रका युवाको अवस्था र उनीहरूको भविष्य निर्माणका लागि के गर्न सकिन्छ भन्ने विषयमा सोचिरहेको बताउँदै जोशी भन्छन्, ’विपद्का कारण धेरै युवाको अध्ययन, रोजगारी र भविष्यका योजनामा असर परेको छ। उनीहरूलाई राहत र पुनःस्थापनासँगै भविष्यप्रति आशावादी बनाउने अवसर पनि आवश्यक छ। हामीले काम गरिरहेको शैक्षिक क्षेत्रबाट उनीहरूलाई सबैभन्दा प्रभावकारी रूपमा सहयोग गर्न सकिने माध्यम गुणस्तरीय निःशुल्क प्रतिस्पर्धात्मक प्रशिक्षण नै हो भन्ने निष्कर्षमा पुग्यौँ।’

उनी थप्छन्, ’हामी प्रभावित युवालाई केवल निःशुल्क कक्षामा सहभागी गराउन चाहँदैनौँ, उनीहरूको आत्मविश्वास फर्काउन, क्षमता विकास गर्न र जीवनमा नयाँ सम्भावनाका ढोका खोल्न चाहन्छौँ, आज विपद्बाट प्रभावित भएका युवा भोलि राष्ट्रको जिम्मेवार प्रशासक, शिक्षक, सुरक्षाकर्मी तथा दक्ष जनशक्ति बन्न सकून् भन्ने हाम्रो अपेक्षा हो ।’

निजी क्षेत्रका शैक्षिक संस्था, व्यावसायिक प्रतिष्ठान र सामाजिक संघसंस्थाले आ–आफ्नो कार्यक्षेत्रबाट यस्ता रचनात्मक अभियान सञ्चालन गर्न सके विपद् प्रभावित समुदायको दीर्घकालीन पुनरुत्थानमा महत्त्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ ।

चैतन्य एकेडेमीले यस अभियानलाई एउटा निःशुल्क शैक्षिक कार्यक्रमका रूपमा मात्र नभई अवसरको समानता, युवा सशक्तीकरण र राष्ट्र निर्माणसँग जोडिएको सामाजिक प्रतिबद्धताका रूपमा परिभाषित गरेको छ।

विपद्ले भत्काएका संरचना पुनःनिर्माण गर्न सकिन्छ, तर प्रभावित युवाको सपना पुनःजगाउन अवसर र विश्वास आवश्यक हुन्छ । चैतन्यको यो अभियानले त्यही विश्वास जगाउने प्रयास गरेको छ ।

किनकि राष्ट्र निर्माणका लागि आवश्यक प्रतिभा कुनै निश्चित सहर वा आर्थिक वर्गमा मात्र हुँदैन। देशका प्रत्येक भूगोलमा सम्भावनायुक्त युवा छन् ।

उनीहरूलाई सही अवसर, मार्गनिर्देशन र प्रोत्साहन दिन सक्नु नै वास्तविक शैक्षिक तथा सामाजिक उत्तरदायित्व हो । अवसर पाए हरेक युवा सफल हुन सक्छन्, सक्षम युवा नै समृद्ध राष्ट्रका आधार हुन् भन्ने चैतन्यको विश्वास छ ।