मलेसिया जाने श्रमिकसँग रकम असुलीको आरोपमा पूर्वमुख्यसचिव अर्याल पक्राउ
वि.सं.२०८३ मंसिर १० बिहीवार १४:५६
715
shares
shares

काठमाडौं, १० मंसिर । मलेसिया रोजगारीमा जान चाहने श्रमिकसँग रकम असुली गरेको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार अर्याललाई पक्राउ गरिएको भए पनि यससम्बन्धी थप विवरण सार्वजनिक गरिएको छैन ।
यसअघि यही प्रकरणमा पूर्वश्रममन्त्रीद्वय रमेश्वर राय यादव र शेरबहादुर कुँवर, पूर्वश्रमसचिव विनोद केसीसहित अन्य सात जना पक्राउ परिसकेका छन् ।
उक्त प्रकरणमा सम्बन्धित निकायले अनुसन्धान जारी राखेका छन् । घटनाबारे थप विवरण भने सार्वजनिक हुन बाँकी रहेको छ ।

















