गोरखा अस्पतालमा पाँच शय्याको मेडिसिन आईसीयू सेवा सुरु
वि.सं.२०८३ मंसिर १० बिहीवार १४:५३
shares

काठमाडौं, १० मंसिर । प्रदेश अस्पताल गोरखामा सघन उपचार कक्ष (आईसीयू) सेवा सञ्चालनमा आएको छ । अस्पतालले बिहीबारदेखि मेडिसिन आईसीयू (एमआईसीयू) सेवा सुरु गरेको हो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शम्भु अधिकारीका अनुसार यसअघि अस्पतालमा सर्जिकल आईसीयू सेवा सञ्चालन हुँदै आएको थियो । २०७९ चैत २४ गतेदेखि सर्जिकल आईसीयू सेवा दिँदै आएको अस्पतालले अब मेडिसिन आईसीयू सेवा पनि पूर्ण क्षमतामा सञ्चालन गरेको हो ।
हाललाई पाँच शय्याबाट सेवा सुरु गरिएको अधिकारीले जानकारी दिए । सेवाका लागि आठ जना नर्सिङ स्टाफसहित अन्य चिकित्सक परिचालन गरिएको छ ।
नयाँ सेवा सञ्चालनमा आएसँगै जटिल प्रकृतिका बिरामीलाई आईसीयू उपचारका लागि अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हट्ने अस्पतालले अपेक्षा गरेको छ ।
‘आईसीयू आवश्यक पर्ने जटिल प्रकृतिका बिरामीहरूलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता थियो, अब त्यो हट्छ,’ अधिकारीले भने ।
जटिल प्रकृतिका बिरामीको उपचार तथा जीवनरक्षाका लागि आईसीयू सेवा महत्वपूर्ण हुने अस्पतालको अपेक्षा छ ।

















