Dhulikhel Eco Banner new

अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बाँटफाँड, २८ सय जनाको आवेदन रद्द

5.12K
shares

काठमाडौं, ३२ असार । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले असार २४ गतेदेखि असार २९ गतेसम्म निष्काशन गरेको आईपीओमा १४ लाख ५५ हजार ३८४ जनाले १ करोड ६० लाख ६० हजार ६१० कित्ताको लागि आबेदन दिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

क्यापिटलकाअनुसार कुल आबेदक मध्ये दोहोरो आबेदनका कारण २ हजार ८११ जनाको ३४ हजार ६७० कित्ता बराबरको आबेदन रद्द भएको छ । अपर हेवाखोला हाइड्रोपावरको आइपीओ १४ लाख ५२ हजार ५७३ जनामा गोलाप्रथाबाट बाँटफाँट भएको हो ।

जसअनुसार १ लाख ३९ हजार ५०० जनामा प्रति आवेदक १० कित्ताका दरले १३ लाख ९५ हजार कित्ता बाँटफाँट भएको छ ।

कम्पनीले सर्बसाधारणको लागि १५ लाख कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको १३ लाख ९५ हजार कित्ता शेयरको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।