Dhulikhel Eco Banner new

वेलका नगरमा एमाले कार्यकर्ताको जागिर चैट !

17.5K
shares

काठमाडौं, २ साउन । उदयपुरको सुदुरपूर्वमा रहेको वेलका नगरपालिकामा कार्यरत ३६ जना करारका कर्मचारीहरुको करार अवधि नविकरण नहुने भएको छ । नेकपा एमालेका तर्फबाट निर्वाचित तत्कालिन मेयर दुर्गाकुमार थापको कार्यकालमा नियुक्त भएका करारका कर्मचारीहरुलाई कांग्रेसका अशोक कार्की मेयरमा निर्वाचित भएपछि हटाउने निर्णय गरेका हुन् ।

मेयर कार्कीको यो निर्णयसँगै नगरपालिकामा कार्यरत ३६ कर्मचारीहरुको जागिर गएको छ । केही समय अघि नगरपालिकाले करारका कर्मचारीहरु हटाउदै छ भन्ने समाचार केटिएम भ्वाइसमा प्रकाशित भएको थियो । उक्त समाचारको वेलका–९ का वडाध्यक्ष पदम खड्काले सार्वजनिक कार्यक्रममा नै खण्डन गरेका थिए । तर करिब एक महिना पछि भने पुष्टि भएको छ ।

कांग्रेस नेतृत्वको नगर सरकारले आफ्ना करारका कर्मचारीहरु हटाएपछि नेकपा एमाले भने आक्रोशित बनेको छ । एमालेका नगर कमिटीका अध्यक्ष गणेश बस्नेतले सोमबार प्रेस विज्ञप्ति निकाल्दै मेयर कार्कीको कदमको आलोचना गरेका छन् ।