Dhulikhel Eco Banner new

मन्दाकिनी हाइड्रोपावरमा साढे ८ गुणा बढी आवेदन , आवेदन दिने भोली अन्तिम म्याद

4.47K
shares

काठमाडौं, ११ साउन । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओमा साढे ८ गुणा बढी आवेदन परेको छ ।

सिडिएस क्लियरिङ्गका अनुसार मंगलवार बेलुका ५ बजेसम्ममा ८ लाख १० हजार ९५३ जना आवेदकले ९३ लाख २४ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । यो आईपीओमा बिहीवार कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले साउन ९ गते देखि ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आइपीओ निष्कासन गरेको हो । यो मध्ये ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत आईपीओमा आवेदन दिन सकिन्छ ।

विक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ ।