Dhulikhel Eco Banner new

नेप्से परिसुचकमा २३ अंकको वृद्धि , ३ अर्बको कारोबार

5.4K
shares

काठमाडौं, ११ साउन । साताको चौंथो कारोबारको दिन नेप्से परिसुचक २३ दशमलव ८३ अंकले बढेको छ । बुधबार नेप्से परिसुचक १ दशमलव १४ प्रतिशतले वृद्धि भई २१११ दशमलव ९९ बिन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसँगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव ५३ अंकले वृद्धि भएको छ ।

दिनभर भएका ५० हजार २ सय ९७ कारोबारबाट २२७ कम्पनीका ७५ लाख ८ हजार १ सय ८८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १ सय ४२ पुगेको छ ।