विन्ध्यबासिनी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत
वि.सं.२०७९ साउन ११ बुधवार १६:२९
shares

काठमाडौं, ११ साउन । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बुधबार नेपाल स्टक एक्स्चेन्ज नेप्से मा सूचीकृत भएको छ । कम्पनीको १ करोड कित्ता साधारण शेयर सूचिकृत भएको हो । अब कम्पनीको शेयर बिहीवारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।
नेप्सेले पहिलो कारोबारको लागि १११ रुपैयाँ ३४ पैसादेखि ३३४ रुपैयाँ ०२ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दका लागि निष्काशन गरेको १० लाख कित्ता, सर्वसाधारणको लागि निष्काशन गरेको १५ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ७५ लाख गरेर कुल १ करोड कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
















