२ वर्षमा गुणस्तर हिन खाद्यन उत्पादन गर्ने ११ उद्योगमाथि मुद्दा
वि.सं.२०७९ साउन १४ शनिवार ०९:५६
4.49K
shares
shares

काठमाडौं, १४ साउन । गत दुई आर्थिक वर्षमा न्यून गुणस्तरको खाद्यन उत्पादन गर्ने ११ उद्योगमाथि मुद्दा दर्ता भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षमा उक्त मुद्दा दर्ता गरेको हो ।
जसमा ७ वटा फैसला भएको र ४ फैसला हुन् बाँकी रहेको छ ।
उद्योगबाट उत्पादीत सामान जाँच गर्दा मापदण्ड अनुसारको नभएकाले जिल्ला अदालत र प्रशासन कार्यालयमा मुद्दा दायर गरेको नियन्त्रण कार्यालयले वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
















