श्रृजनशील लघुवित्तले आईपीओ निष्काशन गर्ने
वि.सं.२०७९ साउन २४ मंगलवार १२:२७
4.93K
shares
shares

काठमाडौं, २४ साउन । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि साउन १८ गते बोर्डबाट अनुमति पाएको हो ।
विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको प्रधान कार्यालय सिरहा गोलबजार न.पा. ७ चोहर्वामा रहेको छ ।















