नेपाल बैंकको अध्यक्षमा ज्ञवाली नियुक्त
वि.सं.२०७९ साउन २४ मंगलवार १४:५३
4.68K
shares
shares

काठमाडौं, २४ साउन । नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन् ।
बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गरेको हो ।
ज्ञवाली नेपाल बैंकको सञ्चालक पदमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए ।















