Dhulikhel Eco Banner new

आज कुन कम्पनीले कति कमाए ?

4.67K
shares

काठमाडौं, २४ साउन । साताको तेस्रो दिन आज पनि शेयर बजार घटेको छ । मंगलबार आज शेयरको नेप्से परिसूचक ४५ दशमलव ४२ अंकले घटेर २दशमलव १६ को विन्दुमा कायम भएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ६८ अंकले घटेको छ । यस अवधिमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको शेयर भने अत्याधिक कारोबार भएको छ । आय सिटिजन इन्भेष्टमेन्टको १५ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम् सिमेन्टको १३ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको १० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै नबिल बैंक लिमिटेडले १० करोड ४ लाख रुपैयाँ र नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको ७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।