महालक्ष्मी विकास बैंकद्वारा क्यूआर कोड हस्तान्तरण
वि.सं.२०७९ साउन ३० सोमवार १२:५८
5.19K
shares
shares

काठमाडौं, ३० साउन । महालक्ष्मी विकास बैंक, मैतिदेवी शाखाले आफ्ना ग्राहकलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । शाखाका ग्राहक केटिएम भ्वाइस मिडिया र सजिलो मेड्सलाई शाखाले क्यूआर कोड वितरण गरेको हो ।
सोमबार बैंकको मैतिदेवी शाखाका प्रमुख ऋषिकेश नेपालले केटिएम भ्वाइस मिडियाका प्रवन्ध निर्देशक रोयल आचार्य र सजिलो मेड्सका सन्देश सत्याललाई क्यूआर हस्तान्तरण गरे ।















