Dhulikhel Eco Banner new

राष्ट्रिय आर्थिक मासिकले मनायो १२ औं वार्षिकोत्सव

विभिन्न व्यक्तित्वलाई सम्मान, बुवाको नाममा कोष स्थापना

5.59K
shares

काठमाडौं, ३० साउन आर्थिक क्षेत्रको अग्रणी राष्ट्रिय आर्थिक मासिक पत्रिकाको १२ औ वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा मनाएको छ । उक्त आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै एमाले अध्यक्ष ओलीले आगामी ४ मंसिमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मुलुकको हीतका लागि गठवन्धन दललाई पराजित गरि एमालेलाई जिताउनु पर्ने आवश्यकता औल्याए ।

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्दै विकास र समृद्धिको बहार ल्याउन पाँच दलीय गठवन्धनको सरकारलाई विस्थापित गर्नु अनिवार्य रहेको बताएका छन । अध्यक्ष ओलीले आर्थिक विकास र सुशासनका लागि एमालेको सरकार आवश्यक रहेको दावी गरे ।

कार्यक्रमा बोल्दै एमाले अध्यक्ष ओलीले वर्तमान सरकारले मुलुकको आर्थिक अवस्था संकटमा पु¥याएकाले गठवन्धनको सरकार रहदा सम्म देश र जनताले कष्टपुर्ण अवस्था व्यहोर्नुपर्ने ठोकुवा गरे ।

पुर्व प्रधानमन्त्री ओलीले वर्तमान सरकार भ्रष्टचारको दलदलमा फसेको र सुशासन कायम गर्न पुर्ण रुपमा असफल भएको जनाए । ओलीले पाँच दलीय गठवन्धन सरकार आगामी ४ मंसिरमा हुने निर्वाचनमा चरम धाँधली गरेर जसरी पनि जित्ने रणनीतिमा लागेको र सोही अनुसार प्रहरी प्रशासन र कर्मचारी संयन्त्र परिचालन गर्न थालेको आरोप लगाए ।ओलीले सबैखाले धाँधलीलाई जनताले प्रतिरोध गर्ने र धाधली गर्नेहरु परास्त हुने दावी गरे ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेसका नेता तथा पुर्व अर्थमन्त्री डा रामशरण महतले सबै क्षेत्रको विकासका लागि आर्थिक क्षेत्रको विकास आवश्यक पर्ने भएकाले सरकारले आर्थिक क्षेत्रको विकासमा विशेष प्राथमिकता दिनुपर्ने बताए । नेता महतले २०४६ सालको परिवर्तन सँगै देशमा आर्थिक उदारीकरणको नीति अख्तियार गरिएकाले नीजी क्षेत्रको उल्लेख्य विकास हुन सकेको स्पष्ट पारे । यसैगरि माओवादी केन्द्रका नेता तथा पुर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले अहिले मुलुकको आर्थिक सूचकहरु सकारात्मक हुन नसकेकाले सरकारले आर्थिक विकासमा ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा राष्ट्रबैङकका प्रथम गर्भनर तथा अर्थविद् हिमालय शमसेर राणाले विदेशी सञ्चितिको अवस्था कमजोर भएकाले मुलुक आर्थिक संकट तर्फ जान सक्ने भन्दै चिन्ता व्यक्त गरे । राणाले मुलुक आर्थिक संकट तर्फ अघि बढिरहदा पनि त्यसलाई जोगाउन सरकारी पक्षमा अग्रसरता र सक्रियता नदेखिनु गैरजिम्मेवारीपन भएको बताए । कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार क्षेत्र आफ्नो सिमा भित्र बस्नु पर्ने र सिमाभित्र नबस्नेहरु माथि काउन्सिलले कठोर कारवाही गर्ने चेतावनी दिए ।

राष्ट्रिय आर्थिक मासिक पत्रिकाका प्रधानसम्पादक तथा प्रकाशक पुष्कर बस्नेतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ट पत्रकार वविता बस्नेत, बागमती नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष तथा एमालेका युवा नेता श्यमकुमार बस्नेत जलश्रोतविद् दिव्यध्वज कार्कीलगायतले पत्रकारिताका विभिन्न पक्षका बारेमा स्पष्ट पार्दै राष्ट्रिय आर्थिक मासिक पत्रिकाले पत्रकारितामार्फत नेपाली अर्थतन्त्रको विकासमा योगदान पु¥याएको भन्दै प्रसंशा गरेका थिए ।

विभिन्न व्यक्तित्वहरु सम्मानित

राष्ट्रिय आर्थिक मासिक पत्रिकाले आफ्नो १२ औ वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रमा रहेर मुलुकको विकास र समृद्धिमा योगदान पु¥याउने तथा सामाजिक सेवामा सक्रिय रहेका विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गरेको थियो ।

यसरी सम्मानित हुनेहरुमा नेपालका प्रथम गर्भनर हिमालय शमशेर राणा, प्रख्यात लोकगायक कुमार बस्नेत, राजधानी राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डित, दिव्यध्वज कार्की, देवीप्रकाश भट्टचन, राजकुमार खड्का, डिएन अधिकारी, प्रद्युमन पोखरेल, प्रवीण बस्नेत र इज्जिनियर ऋषि कोइराला रहेका छन् । सम्मानित व्यक्तित्वलाई प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमाणपत्र वितरण गरेका थिए ।यस्तै पत्रिकाका तर्फबाट कमल पन्थीलाई पनि सम्मान गरिएको थियो ।

गरिब विपन्नलाई सहयोग गर्न बुबाको नाममा कोष स्थापना

राष्ट्रिय आर्थिक मासिकका प्रकाशक तथा प्रधानसम्पादक पुष्कर बस्नेतले सोही समारोहमा आफ्ना स्वर्गिय पिता तोपबहादुर बस्नेतको नाममा ‘तोपबहादुर बस्नेत’ स्मृति कोष स्थापनाको घोषणा गरेका छन् ।

सो कोषमार्फत गरिब विपन्न, अनाथ , अपांग र दिनदुखीलाई आर्थिक सहायता प्रदान गर्ने तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने लक्ष्य राखिएको प्रधानसम्पादक पुस्कर बस्नेतले जानकारी दिए । उक्त कोषका अध्यक्षको रुपमा आमा विष्णुकुमारी बस्नेत रहेकी छिन् ।