कुमारी बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने
वि.सं.२०७९ भदौ ५ आइतवार १४:२१
4.51K
shares
shares

काठमाडौं, ५ भदौ । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ ।
बैंकले अंकित मूल्य १००० रुपैयाँ दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डबाट स्वीकृति पाएको हो । अनुमति पाएपश्चात् बैकले अब ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ ।
बैंकले १० वर्षे अवधि रहेको ११ प्रतिशत ब्याजदर पाइने ‘केबीएल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्नेछ । ऋणपत्र निकाष्शन तथा धितोपत्र निष्काशको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
















