Dhulikhel Eco Banner new

प्रभु बैंकद्धारा विकसित नयाँ कर्जा सेवासम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

5.15K
shares

काठमाडौं, ७ भदौ । प्रभु बैंक लिमिटेडद्धारा विकसित नयाँ कर्जा सेवा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष को आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा सञ्चालित कार्यक्रम हो ।

कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका जनताहरुको गरिवी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य, गरिवी विहीन र लक्ष्य २ (शून्य भोकमरी) प्राप्तिमा योगदान पुर्याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ

भुमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा. लेखराज दाहाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रमा प्रभु बैंक लि.का CBCO सुनिल राना लगायत कर्णाली प्रदेश अन्र्तगतका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

ASDP का संयोजक विनोद कुमार भट्टराईले ASDP को परीचय सहित यस कार्यक्रमको कार्यक्षेत्र तथा काम गर्ने तरीकाको बारेमा जानकारी गरए थिए । प्रभु बैंकका चन्द्र बहादुर खत्रीले ASDP  को लाभग्राहीका लागि सहज र सरल तरीका बाट कर्जा उपलब्ध गराउनका लागि छुट्टै लो प्रोडक्ट बनाई कार्यान्वयन गरीने जानकारी गराउँदै कर्णाली प्रदेश तथा सो अन्र्तगतका शाखा प्रमुखहरुलाई यस कार्यक्रम अन्र्तगतका लाभग्राहीहरुलाई सहज रुपमा कर्जा प्रवाह गराई वित्तिय साक्षरता समेत उपलब्ध गराउन आग्रह गरेका छन् ।