५० प्रतिशत छुटमा सामान बेच्दै आएको रुबी इन्टरप्राइजेजका सञ्चालक बनन्दन प्रहरी नियन्त्रणमा
वि.सं.२०७९ भदौ ९ बिहीवार १४:५४
shares

बिराटनगर ९ भदौ । हरेक सामान ५० प्रतिशत छुट दिदै आएको रुबी इन्टरप्राइजेजका सञ्चालक भारतीय नागरिक सर्वनाथ बनन्दनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिगत केही महिनादेखि बिराटनगर भृकुटी चौकमा रहेको रुबि इन्टरप्राइजेजले यति बेला सबैको ध्यानाकर्षण गरेको छ । रुबि नामले संचालित पसलमा जुन सुकै ब्रान्डका सामान पनि ५० प्रतिशत छुट मा बिक्री भैरहेको छ ।
सुन्दै चकित पर्ने यो पसल मा टिभी दराज पलङ घरायसी सामान मोबाइल फोन देखि हरेक कुरा ५० प्रतिशत यानिकी एक लाख को मोबाइल ५० हजारमा दिदै आएको छ ।
रुबिका मालिक बताउने भारत बंगाल बाट आएका साउजी भन्छ्न यो हाम्रो बिजनेस पोलिसी हो हामी १८ दिनमा सामान दिन्छौ एडभान्स पहिले जम्मा गर्नु पर्छ। यसरी धन्दा चलाउदै आएका व्यापारीले बिजुलीको आपूर्तीबाट सञ्चालन हुने समानहरू तथा घरायसी प्रयोगका विभिन्न सामानमा शंकास्पद कारोबार गरिरहेको स्थानीयले आरोप लगाएका छन्
। रूबिलाई स्थानीय प्रशासन तथा जनताले गरेको शंकाको उचित जबाफको लागि प्रहरी ले नियन्त्रणमा लिएको छ । विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेले रुबी इन्टरप्राइजेज विदेशीको नाममा दर्ता भएको व्यपारिक संस्था भएको बताएका छन् ।
रूबिले दिने गरेको स्किमले शंका उब्जाएको भन्दै सामान्य सोधपुछको लागि सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् भने सर्वसाधारणलाई सजक भई कारोबार गर्न अनुरोध गरेका छन् ।

















