लोपोन्मुख अजिङगरको उद्धार
वि.सं.२०७९ भदौ ९ बिहीवार १५:१०
4.54K
shares
shares

काठमाडौं, ९ भदौं । सप्तरीको कंचनरुप नगरपालिका–१० बदगामामा फेला परेको ठूलो खालको अजिङगरलाई आज उद्धार गरिएको छ । स्थानीय डम्बरखडगा यादवको फुसको घरकोमाथि चारमा रहेको उक्त अजिङगरलाई उद्धार गरिएको हो ।
सबडिभिज वन कार्यालयबाट गएको टोलीले अन्दाजी छ/सात फिट लामो लोपोन्मुख अजिङगरलाई उद्धार गरिएको वन कार्यालयका प्रमुख रामदेव चौधरीले जनाकारी दिए।

















