Dhulikhel Eco Banner new

आएन शेयर बजारमा सुधार, आज १८ अंकको गिरावट

4.5K
shares

काठमाडौं, ९ भदौ । साताको पाचौं कारोबारको दिन नेप्से परिसुचक १८ दशमलव ३० अंकले ओरालो लागेको छ ।

हिजो थोरै भए पनि हरियो भएको शेयर बजार आज भने राताम्मे भएको छ । बिहिबार नेप्से परिसुचक शुन्य दशमलव ८९ प्रतिशतले घटेर २०३९ दशमलव ५४ को बिन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ७८ अंकले ओरालो लागेको छ ।

आज भएका ३२ हजार ९ सय ४४ कारोबारबाट २१९ कम्पनीका ४२ लाख ३४ हजार १ सय १७ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब ७१ करोड ७४ लाख ३६ हजार ७ सय ४१ पुगेको छ ।