GBIME

अन द स्पट आदेश दिने बालेनका निणर्यहरु फिल्मी दृश्यभन्दा कम छैनन्

3.62K
shares

बालेन्द्र शाह (बालेन)को बहुबली शैलीको विषयमा यत्रतत्र विभिन्न टिकाटिप्णी देखेर केही लेख्न मन लाग्यो । हिन्दी कथानक चलचित्र नायकका पात्र अनिल कपुरको शैलीमा वरिपरि पत्रकारले घेरिएर कार्यक्षेत्रमा अन द स्पट निर्णय र आदेश दिएका दृश्य फिल्मी भन्दा कम देखिदैँनन् ।

त्यस माथी झन फिल्मको हिरोमा बरु खोट लगाउने ठाउँ होला का.म.न.पा का मेयर बालेन अन्दाजी ६ फिट हाइट , कालो चस्मा त्यस माथी गालामा छ्याप्प कालोदारी काधमा व्यवस्थित काठमाडौं बनाउने जिम्मेवारी, भ्रष्ट नेता ठेकेदार र व्यापारीका लागि भारी । युवा जोस जागर , पेशागत दक्षता , काम गर्ने हुटहुटी भएका बालेनलाई देखेर यतिखेर आम सर्वसाधारण मानिसमा केही आशंका किरणहरु पक्कै देखिएका छन् ।

बहुवली शैलीमा घर टहरा हटाउदाँ केहि व्यापारीहरुलाई मर्का नपरेको चाहिँ पक्कै पनि होइन । कतिपयले यस विषयमा बालेन माथि प्रश्न पनि उठाएका छन् । आज सम्मको विधि विधान र पद्धतिबाट थकित आम सर्वसाधारण बालेन शैलीका कट्टर  पनि  समर्थक छन् ।

बालेन शैली अवलम्बन नगरि यस्ता कार्य गर्न सम्भव पनि छैन । चेतावनी दिएर फर्किने हो भने घर नपुग्दै १० ठाउँबाट सोर्सफोर्स आईसक्छ । कुनै एक पार्टी विशेषलाई दोष दिनुको कुनै औचित्य छैन । परम्परा हेर्ने हो भने यी ठुला व्यापारीहरुले मुख्य मुख्य सबै दललाई धेर थोर चुनावी खर्च घरमैँ पुर्याउछन् । यिनीहरूको एउटै मक्सत भनेको जुन पार्टी , जुन तन्त्र , जुन नेता आएनी पैँसा कमाउनु हो त्यो नि इमानदारीपुर्वक होइन जनसुकै हत्कण्डा अपनाएर ।

पैसा र पहुचको भरमा जे पनि गर्न मिल्छ भन्ने नजिर स्थापित भैसकेको अवस्थामा एकाएक बालेन र बालेन शैली देखेर कतिको होसोहवास उढ्न थालेको छ ।

बालेनको कदमले अब देहायका कुरामा क्रमिक सुधार आउने सम्भावना रहन्छ :

पैसा र पावरको भरमा नेपालमा जे नि गर्न पाहिन्छ भन्ने मानसिकतामा कमि

नक्सा बनाउदा एउटा प्रयोजन देखाएर व्यवाहरमा अर्काे प्रयोजनमा भवनहरुको प्रयोग गरि कर छल्ने परिपाटीको अन्त्य

व्यवसायको लागि घर तथा कोठा भाडा लिदा नक्सा पास लगाएतका अन्य कानुनी रित पुगे नपुगेको यकिन गरेर र गैरकानुनी तथा अनाधिकृत हो होइन यकिन गरेरमात्र भाडामा लिने परम्पराको थालनी

सरकारी स्तरबाट जारी हुने सुचना आदेशहरु प्रकृयामुखी हुन आउछन् सुचना टास्छन् जान्नछन् भने मानसिकताको अन्त्य आदि

यति हुँदै गर्दा व्यवस्थित काठमाडौं बनाउन त्यति सजिलो छैँन । यस्ता कार्यको निरन्तरताका साथै अन्य क्षेत्रहरु वाग्मती सफाई , फोहोर मैलाको दिर्घकालिन व्यवस्थापन , यत्रतत्र फैलिएका तारहरुको व्यवस्थापन लगाएत विभिन्न वहुआयामिक क्षेत्रमा यहि रफ्तारमा निरन्तर केही वर्ष काम गर्न सके मात्र व्यवस्थित र सुन्दर काठमाडौं सहर बनाउन सम्भव होला । मेयर बालेन शाहको बाकिँ कार्यकाल अझ सफल रहोस शुभकामना ।