Dhulikhel Eco Banner new

खप्तड लघुवित्तको अईपीओमा आवेदन दिने आज अन्तिम दिन

4.67K
shares

काठमाडौं, १२ भदौ । खप्तड लघुवित्त वित्तीय संस्चाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले भदौ ८ गते देखि १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन बिक्री खुला गरेको हो ।
कुल कित्तामध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ भने बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन ।

शुक्रवारनै माग भन्दा बढी आवेदन परेकाले यो आइपीओ छिटो विक्री अवधि आजसम्म मात्र रहनेछ । यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयहरूसँगै मेरो शेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आइआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी ४ करोड रुपैयाँ कायम हुनेछ ।