Dhulikhel Eco Banner new

लिटिल आईकन उदयपुरको पहिलो अडिसनमा ३३ छनौट

8.28K
shares

काठमाडौं, १२ भदौ । वालवालिकाहरु बिचको अन्तरनिहित र बौद्धिक प्रतियोगिताको रुपमा उदयपुरमा पाँचौ पटक आयोजना हुने लिटिल आईकन उदयपुरको पहिलो अडिसनमा ३३ जना वालवालिका दोश्रो चरणका लागि छनौट भएका छन ।

विङ्स इन्टारटेन्मेन्टको प्रस्तुतिमा आयोजना हुने यश कार्यक्रमका बाँकी इच्छुक प्रतिस्पर्धीहरुका लागि भाद्र १८ गते पनि अडिशन खुल्ला राखिने आयोजक संस्थाका सञ्चालक तथा नृत्य निर्देशक एम्जे मिथुन ले जानकारी दिए ।

उनका अनुसार कोरोृना कालका कारण २ वर्ष रोकिएको यो कार्यक्रमलाई निरन्तरता दिनका निम्ती कार्यक्रम आयोजना गरेको बताएका छन् ।

विगतमा छात्र र छात्राको भिन्दा भिन्दै विजेता उपविजेता तय गर्दै आएकोमा यस वर्ष भने ३ जना मात्र विजेता हुनेछ जसले गर्दा प्रतियोगितमा प्रतियोगिहरुले ताजको लागि निकै मेहनत गर्नु पर्ने देखीन्छ।

देश्रो चरणको रुपमा रहेको मेगा अडिशनबाट छनौट भएका सहभागिहरु २१ दिनको बन्द प्रशिक्षण प्रदान गरिने तथा प्रशिक्षणको समयावधीलाई विद्यालयको शिक्षण क्रियाकलापलाई दखल नपुग्ने गरि गर्दै आईरहेको आयोजकको भनाई रहेको छ ।

सहभागीमध्ये विजयी र फस्र्ट रनरअप र सेकेन्ड रनरअपले उच्च शिक्षाका लागि प्लस २ को छात्रबृति, लगायत अन्य पुुरस्कारका साथै ट्रफि, क्राउन र आकर्षक गिफ्टह्याम्पर प्राप्त गर्नेछन् भने उत्कृष्ट १० जनाले तीन महिने निशुल्क नृत्य प्रशिक्षको मौका साथै अन्य धेरै सुबिधा पाउनेछन् ।