भिसा एक्सिलेन्स अवार्ड २०२२ बाट नबिल बैंक सम्मानित
वि.सं.२०७९ भदौ १७ शुक्रवार १७:२८
shares

काठमाडौं, १७ भदौ । नबिल बैंक एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस २०२२ र एक्सिलेन्स इन ई कमर्स एक्वाएरिङ बिजनेस २०२२ अवार्डबाट सम्मानित भएको छ । नेपालका सबै बैंकहरुबीच डेबिट कार्ड र इकमर्स व्यवसायमा उत्कृष्ट वृद्धि र उपलब्धिहरु पाए बापत यी अवार्ड पाएको हो ।
भिसा इन्टरनेशनलले आयोजना गरेको २०२२ अगस्ट ३१मा काठमाडौंमा आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ पेमेण्ट्स इनोभेसन फर डिजिटल नेपालमा नबिल बैंकलाई अवार्ड प्रदान गरिएको थियो ।
नबिल बैंकले एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस २०२२ र एक्सिलेन्स इन ई कमर्स एक्वाएरिङ बिजनेस २०२२अवार्डबाट सम्मानित भएको छ । नेपालका सबै बैंकहरुबीच डेबिट कार्ड र इ(कमर्स व्यवसायमा उत्कृष्ट वृद्धि र उपलब्धिहरु पाए बापत यी अवार्ड पाएको हो ।
भिसा इन्टरनेशनलले आयोजना गरेको २०२२ अगस्ट ३१ मा काठमाडौंमा आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ पेमेण्ट्स इनोभेसन फर डिजिटल नेपालमा नबिल बैंकलाई अवार्ड प्रदान गरिएको थियो ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सबै सदस्यहरुको समर्पणप्रति कृतज्ञता व्यक्त गर्दै भने, नबिलले सधैँ नेपालको पहिलो डिजिटल बैंक बन्नकोलागि प्रयास गरेको छ र हाम्रो अथक प्रयासकालागि मान्यता पाउँदा खुशी छौं ।
उनले थपे, हामीले हाम्रा ग्राहकहरुकालागि डिजिटल समाधानहरु प्रवद्र्धन गर्न सधैँ ध्यान केन्द्रित र लगानी गरेका छौं र यस्तो सम्मानले हामीलाई डिजिटल डोमेन मार्फत ग्राहकको अनुभव अभिवृद्धि गर्न थप काम गर्न उत्प्रेरित गर्नेछ ।
















