Dhulikhel Eco Banner new

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

5.68K
shares

काठमाडौं, २१ भदौ । कुमारी बैंक लिमिटेडले निष्काशन गरेको वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्रमा भदौ ३१ गतेसम्म थप भएको छ । बैंकले ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ भदौ १७ गतेदेखि निष्कशन गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

जसमध्ये ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

सर्वसाधारणलाई निष्कासन गरिने मध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयर एप र वेबसाइटबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी आईआर ट्रिपल बी रेटिङ प्रदान गरेको छ