लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पताल बीच सम्झौता
वि.सं.२०७९ भदौ २६ आइतवार ११:३१
5.08K
shares
shares

काठमाडौं, २६ भदौ । लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पताल बीच सम्झौता भएको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. बाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्नेछन् ।
यस सम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।















