Dhulikhel Eco Banner new

निलम्वित प्रधानन्यायाधीशसँग आज पूरक प्रश्नमा बयान

4.51K
shares

काठमाडौँ, ३१ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाभियोग सिफारिस समितिले आज पूरक प्रश्नका बयान लिनेक्रम जारी छ ।

सिंहदरबारस्थित जारी रहेको समितिको बैठकमा पूरक प्रश्नका विषयमा सवाल भइरहेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

“बिहीबार वरिष्ठ अविधक्ता तथा अधिवक्तासँग अनुसन्धानका क्रममा सोधपुछ भयो, त्यसबीचमा पूरक प्रश्न पनि आएका थिए”, उनले भने, “आज छलफल सकेर प्रतिवेदन तयार पार्ने काम गरिनेछ ।”प्रतिनिधिसभाको समय शनिबार राति १२ बजे सकिने भएकाले प्रतिवेदन अन्तिम बनाएर भोलिसम्म बुझाउने समितिको तयारी रहेकोसमेत उनले जानकारी दिए ।

समितिले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई बयानका क्रममा आएको सवालमा प्रश्न गर्नका लागि बोलाउने निर्णय गरे पनि सर्वोच्च अदालतका न्यायाधीश शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जान नमल्निे र पूर्वप्रधानन्यायाधीशले पनि आफूहरु जान नमिल्ने पत्र समितिलाई पठाएपछि समितिले वरिष्ठ अधिवक्ता र अधिवक्तासँग मात्र बयान लिएको हो ।

राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियोे । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यहीँ भदौ १ गते पहिलो बैठक बसेको थियोे ।
राणाविरूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।

समितिले निलम्वनमा पर्नुभएका प्रधानन्यायाधीशलाई प्रश्न सोध्ने र राणाले प्रश्नको जवाफ दिनेक्रम आजै सकिनेछ । संसद्कै कार्यकाल सकिने अन्तिम समय भएकाले उक्त प्रतिवेदनको अवस्था के हुने भन्ने सर्वत्र चासोको विषय छ ।