सानिमा बैंकले संस्थापक शेयर बिक्री गर्दै
वि.सं.२०७९ असोज ७ शुक्रवार १३:३७
4.45K
shares
shares

काठमाडौं, ७ असोज । सानिमा बैंकले ५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक लगानीकर्ताले शेयर बिक्री गर्न खोजेपछि बैंकले उक्त शेयर बिक्रीमा राखेको हो ।
बैंकको यो सेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र किन्न पाउने छन्। शेयर खरिद गर्न चाहानेले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ ।
उक्त संस्थापक शेयरको न्युनतम मूल्य १४५ रुपैयाँ तोकिएको छ। शेयरधनीले बढाबढ मूल्यमा आवेदन गर्न पाउनेछन् ।
आवेदन गर्दा न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ ।















