फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
वि.सं.२०७९ असोज ११ मंगलवार ११:५४
4.85K
shares
shares

काठमाडौं, ११ असोज । आज बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य बजारमा तोलाको ४०० रुपैयाँले घटेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी तोलाको १० रुपैयाँले घटेर १ हजार १५० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १६० रूपैयाँमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रूपैयाँ कायम भएको छ ।
सोमवार सुन तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

















