Dhulikhel Eco Banner new

कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का

5.76K
shares

काठमाडौं, ११ असोज । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंकबीचे मर्जर सम्बन्धी सम्झौता भएसँगैं शेयर कारोबार रोक्का भएको छ । मर्जर सम्झैता भएसँगै दुबै बैंकको दोस्रो बजारमा कारोबार रोक्क भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बताएको छ ।

दुबै बैंकले असोज १० गते दिनको १ बजे सम्झौतापत्रमा हस्ताक्षार गरेका हुन । सम्झौता अनुसार दुई बैंकले एक बराबर एक शेयरको अनुपातमा मर्ज हुनेगरी सम्झौता गरेका छन् । यद्यपि डिडिए रिपोर्ट आएपछि यो अनुपात फरक पर्न सक्ने बताईएको छ ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका हालका सिईओ रमेशराज अर्याल हुनेछन् ।

हाल कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ । दुई बैंक गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड पुग्नेछ ।