Mangaldeep Aagarbatti
GBIME

आईपीओ निष्काशनका लागि ३ कम्पनीले दिए बोर्डमा निवेदन

1.12K
shares

काठमाडौं, ११ असोज । आइपीओ निष्काशका लागि थप ३ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेका छन् । मोदी इनर्जी लिमिटेड, सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड र मेन्छियाम हाइड्रोपावर पावरले बोर्डमा निवेदन दिएका हुन् ।

मोदी इनर्जी लिमिटेडले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।

कम्पनीले शेयर निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले भदौ ३१ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडले १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले असोज ४ गते बोर्डमा आवेदन दिएको हो ।

त्यसैगरी मेन्छियाम हाइड्रोपावरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्नको लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100