Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

4.99K
shares

काठमाडौं, १२ असोज । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले १९ हजार ७१० कित्ता संस्थापक शेयर असोज १२ अर्थात आजबाट बिक्रीमा आएको हो । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर लिलामीमा ल्याएको छ ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

तोकिएको मितिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर बिक्री गरिने जानकारी बैंकले दिएको छ ।