Dhulikhel Eco Banner new

दशैँको दोस्रो दिन पनि टीका लगाउने क्रम जारी

4.28K
shares

काठमाडौं, २० असोज । दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी छ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने चलन रहेको छ ।

त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरुको चहलपहल जारी छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैँ अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।