Dhulikhel Eco Banner new

सन्दीप लामिछाने आज नेपाल आउँदै

4.98K
shares

काठमाडौं, २० असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्ना सन्दीप लामिछाने आज नेपाल आउने भएका छन् । बलत्कारको आरोप लागे पछि उनी कप्तानबाट निलम्बित भएका छन् र क्यारेबिएन प्रिमियर लिगसमेत उनले गुमाउनु परेको थियो ।

उनी कहाँ छन भन्ने विषयमा नेपालमा निकै चर्चा भइरहेको समयमा गत हप्ता सामाजिक सञ्जाजलमा लेख्दै उनले आज नेपाल आउने घोषणा गरेका थिए । उनी कतार एयरवेजको उडानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न लागेका हुन् ।

स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका हुन् । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनले उल्लेख गरेका छन् । उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् ।

उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियनल लिग खेल्न नेपालबाहिर थिए ।